https://www.facebook.com/photo.php?v=1428967900686848
मेरो मन को कुरा
Welcome to Nepali Computer Courses>>>सोमलाल तामाङ
Friday, April 25, 2014
Tuesday, April 15, 2014
कम्पुटरमा नेपालीमा सजिलो संग टाइप कसरि गर्ने
भर्खर भर्खर कम्पुटर सिक्दै गरेको साथी हरुको लागि कसरि नेपालीमा सजिलो सँग टाइप गर्ने भन्ने बारे सजिलो टिप्स प्रस्तुत गर्न चाहन्छु तेती गारो छैन मात्र तँपाइले google ime instal गर्नुहोस instal गर्नको लागि यो लिंकमा http://www.google.com/inputtools/windows/index.htmlजानुहोस र र खुलेको windows को दायाँ साइड मा हेर्नुस त्याहाँ भाषाको लिस्ट देखिन्छ तपाईं नेपालीमा टिक मार्क लगाई i agree मा पनि टिक मार्क लगाई तल downlod मा क्लिक गरि
download गर्नुहोस download भयको फाइल खोज्नुहोस र राइट क्लिक गरि run गर्नुहोस
केहि समय पर्खनुस instal हुँदै छ

इन्स्टल भैसके पछी तँपाईको कम्पुटर restar गर्नोहोस अबस्से पनि तँपाई अब नेपालीमा लेखन सक्नुहुन्छ
कम्पुटरको स्पीड बढाउनुस पाँच तरिका
तपाइँको कम्प्युटर पनि सुस्तो भएको अनुभव गर्नुभएको छ भने कम्प्युटरलाई छिटो बनाउनका लागि यस्ता पाँच उपाय अपनाउन सकिन्छ।
टेम्पोररी फाइल फाल्नुस
कम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गर्नुपर्छ।यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।
इन्डेक्सीङ बन्द गर्नुस
डिस्क क्लिनअप
हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने
कम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।
अनावश्यक सुरुवाती प्रोग्राम हटाउने
जब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ।
कुनै बेलाचलाउदा चलाउदै कम्पुटर ह्यंग भैदियो कसरि रिकभर गर्ने
कुनै बेला हामीले कम्पुटर चलाउदा चलाउदै ह्यांग भैदिन्छ not sponding भन्ने म्यसेग हरु देखाउ छ अथवा कुनै पनि प्रोग्राम चल्दा चल्दै यक्कासी रोक्छ नत बन्द गर्दा बन्द हुन्छ नत प्रोग्राम नै खुल्छ यो बेला सारै नई आपति हुन्छ हैन त यस्तो अबसथामा के गर्नु हुन्छ त तँपाई यदि तेस्तो भइ हाल्यो भने नातिनुहोस यौटा आइडिया छ म संग सब भन्दा पहिला किबोर्ड बाट ctrl+shift+esc कि यकै चोटी दब्बौनुहोस अनि तेस्पछी अब यहाँwindos taskabar manger भन्ने यौटा windows खुल्छ अब त्यहाँ तँपाइले चलाई रहनु भयको प्रोग्रामको लिस्ट देखिन्छ जुन प्र्गोग्रमा नखुलेको हो त्यो प्रोग्राम notsponding भनेर देखाको हुन्छ जस्तो तलको फोटो हेर्नुहोस र जुन प्रोग्राम चली राको छ त्यो चाही running भनेर देखाको हुन्छ जुन notsponding भनेर देखाको छ तेस्मा क्लिक गर्नुस रफोटोको लास्टमा हेर्नुस end task मा क्लिक गर्नुस अब त्यो प्रोग्राम बन्द हुन्छ अब तँपाइको कम्पुटर सहि ठाँउमा आइपुगेको छ कस्तो लाग्यो तरिका कृपया कमेन्ट गर्नुहोस धन्नाबाद
Subscribe to:
Posts (Atom)

