Tuesday, April 15, 2014

कम्पुटरमा नेपालीमा सजिलो संग टाइप कसरि गर्ने


 भर्खर भर्खर कम्पुटर सिक्दै गरेको साथी  हरुको लागि कसरि नेपालीमा सजिलो सँग टाइप  गर्ने भन्ने  बारे सजिलो टिप्स प्रस्तुत गर्न चाहन्छु तेती गारो छैन मात्र तँपाइले google ime instal गर्नुहोस instal गर्नको लागि यो लिंकमा http://www.google.com/inputtools/windows/index.htmlजानुहोस र र खुलेको windows को दायाँ साइड मा हेर्नुस त्याहाँ भाषाको लिस्ट देखिन्छ तपाईं नेपालीमा टिक मार्क लगाई i agree मा पनि टिक मार्क लगाई  तल downlod मा क्लिक गरि

download गर्नुहोस download भयको फाइल खोज्नुहोस र राइट क्लिक गरि run गर्नुहोस 
केहि समय पर्खनुस instal हुँदै छ 
इन्स्टल भैसके पछी तँपाईको कम्पुटर restar गर्नोहोस अबस्से पनि तँपाई अब नेपालीमा लेखन सक्नुहुन्छ 

कम्पुटरको स्पीड बढाउनुस पाँच तरिका

कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।
तपाइँको कम्प्युटर पनि सुस्तो भएको अनुभव गर्नुभएको छ भने कम्प्युटरलाई छिटो बनाउनका लागि यस्ता पाँच उपाय अपनाउन सकिन्छ।
टेम्पोररी फाइल फाल्नुस 

01 Boost your computer Speed search-for-temporary-files
कम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गर्नुपर्छ।यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।
इन्डेक्सीङ बन्द गर्नुस    

02 Boost your computer Speed Drive allows to contents indexedकम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित (सेभ) गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने। जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ। कम्प्युटरको कुनै पनि ड्राइभको प्रोपर्टिजमा तपाइँले इन्डेक्सीङको सुविधा उल्लेख गरेको पाउनु हुन्छ। जसले कम्प्युटरको प्रोसेसर र मेमोरीको धेरै अंश खपत गर्दछ। यसको मतलब हो तपाइँको कम्प्युटर सुस्त हुन्छ। यसखालको इन्डेक्सीङ सुविधा नीजि तथा व्यक्तिगत प्रयोगका कम्प्युटरहरुमा प्रयोग नगर्दा पनि हुन्छ। किनभने तपाइँ आफूले राखेको फाइल तथा फोल्डर कहाँ हो भन्ने थाहा नै नहुने भन्ने हुँदैन इन्डेक्सीङ सेवालाई प्रयोग नगर्दा (डिसेबल गर्दा) कम्प्युटरमा पर्ने प्रभाव भनेको खोजी (सर्च) सुस्तो (स्लो) हुने मात्र हो। यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ (सी, डी वार् इ)को आइकनमा दायाँ (राइट) क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties ‘ मा रहेको ठीक (चेक)लाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ।


डिस्क क्लिनअप   
03 Boost your computer Speed Disk Clean up in computer to make speed operationकम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ। कम्प्युटरका प्राथमिक र दि्वतिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन्। वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। जुन तपाइँले सम्बन्धित ड्राइभमा दायाँ क्लिक गरेर डिस्क क्लिनअप भन्ने सुविधा पाउनुहुन्छ। जसले अनावश्यक त्यस्ता फाइल हटाइ दिन्छ र तपाइँको कम्प्युटरको गति बढ्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ। त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ।
हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने
04 Boost your computer Speed Defragmentation of Hard disk
कम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।





अनावश्यक सुरुवाती प्रोग्राम हटाउने

05 Boost your computer Speed Disable Unnecessary StartUp items
जब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ।


कुनै बेलाचलाउदा चलाउदै कम्पुटर ह्यंग भैदियो कसरि रिकभर गर्ने

कुनै बेला हामीले कम्पुटर चलाउदा चलाउदै ह्यांग भैदिन्छ not sponding भन्ने म्यसेग हरु देखाउ छ  अथवा कुनै पनि प्रोग्राम चल्दा चल्दै यक्कासी रोक्छ  नत बन्द गर्दा बन्द हुन्छ नत प्रोग्राम नै खुल्छ यो बेला सारै  नई आपति हुन्छ हैन त यस्तो अबसथामा के गर्नु हुन्छ त तँपाई यदि तेस्तो भइ हाल्यो भने नातिनुहोस यौटा आइडिया छ म संग सब भन्दा पहिला किबोर्ड बाट ctrl+shift+esc कि यकै चोटी दब्बौनुहोस अनि तेस्पछी अब यहाँwindos taskabar manger भन्ने यौटा windows खुल्छ अब त्यहाँ तँपाइले चलाई रहनु भयको प्रोग्रामको लिस्ट देखिन्छ जुन प्र्गोग्रमा नखुलेको हो त्यो प्रोग्राम notsponding भनेर देखाको हुन्छ जस्तो तलको फोटो हेर्नुहोस  र जुन प्रोग्राम चली राको छ त्यो चाही running भनेर देखाको हुन्छ जुन notsponding भनेर देखाको छ तेस्मा क्लिक गर्नुस रफोटोको लास्टमा हेर्नुस end task मा क्लिक गर्नुस अब त्यो प्रोग्राम बन्द हुन्छ अब तँपाइको कम्पुटर सहि ठाँउमा आइपुगेको छ कस्तो लाग्यो तरिका कृपया कमेन्ट गर्नुहोस धन्नाबाद